विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

लोकपथ
133
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको  बिदाइ गरिएको छ ।

शनिबार एक विशेष कार्यक्रमकाबिच नेपाल क्रिकेट संघ (क्यान) ले  क्रिकेट टोलीलाई आगामी प्रतियोगिताका लागि शुभकामना दिँदै बिदाइ गरेको हो । 

नेपाली क्रिकेट टोली भोलि भारत प्रस्थान गर्नेछ । 

विश्वकप समूह चरणमा नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । त्यसअघि टोली श्रीलंका गएर ‘श्रीलंका ए’ र भारतमा गएर मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?