पार्टी फुटेको छैन, नयाँ सभापति मात्र आएका हुन् : सुजाता कोइराला

लोकपथ
931
Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो वक्तव्य जारी गर्दै कोइरालाले थापालाई बधाई तथा शुभकामना दिएकी हुन् । 

उनले नेपाली समाज र युवा पुस्ताले परिवर्तन चाहेको उल्लेख गर्दै कांग्रेसभित्र पनि परिवर्तन आएको बताइन् ।

उनले भनिन्, ‘अहिले युवाले, नेपाली समाजले र नेपाली जनताले परिवर्तन चाहेका छन् । परिवर्तनलाई हाँसेर, खुसी भएर अंगालो मार्नुपर्छ । नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ । पार्टी फुटेको छैन, नयाँ सभापति आउनुभएको छ ।’

 उनले सभापति थापालाई बीपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाको संगठनात्मक दृष्टिकोणलाई आत्मसात् गर्दै पार्टी हाँक्न सुझाव दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?