काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले निर्वाचन आयोगको निर्णयपछि नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र उनको टिमलाई शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै डा.भट्टराईले कांग्रेसमा विधिसम्मत रूपमा नेतृत्व परिवर्तन हुनु सकारात्मक र स्वागतयोग्य भएको बताएका छन् । यसले देशको लोकतान्त्रिक अभ्यासलाई अझ मजबुत बनाउने उनको भनाइ छ ।
उनले यस्तो अभ्यासले अन्य राजनीतिक दलहरूलाई पनि राम्रो सन्देश दिने विश्वास व्यक्त गरेका छन् । बहुदलीय लोकतन्त्रको मूल आधार दलहरूबिच स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्य भएको भन्दै सबै दलले जिम्मेवार भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन् ।
डा.भट्टराईले नेतृत्व परिवर्तन मात्र पर्याप्त नहुने उल्लेख गर्दै विचार, नीति, कार्यक्रम, संगठन र आचरणमा पनि सुधार र रूपान्तरण आवश्यक रहेको बताएका छन् । उनले नयाँ र पुराना सबै राजनीतिक दलहरूले यो आवश्यकता बुझ्नुपर्ने बताए ।
उनले भनेका छन् : निर्वाचन आयोगको यो निर्णय संगै नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाइ तथा सफलताको शुभकामना१ देशको उदारवादी लोकतान्त्रिक धारको पुरानो पार्टी कांग्रेसको यो विधिसम्मत नेतृत्व पुस्तान्तरणले अरू दलहरूमा पनि सकारात्मक प्रभाव पारोस्।
बहुदलीय लोकतन्त्र भनेको दलहरू वीच प्रतिस्पर्धा र सहकार्य दुवैको उचित समन्वय हो भन्ने सबैमा हेक्का रहोस्। साथै दलहरूको नेतृत्व मात्र हैन विचार, नीति, कार्यक्रम, संगठनात्मक प्रणाली, आचरण समेतको पुनर्संरचना र रूपान्तरण समयको माग हो भन्ने सबै नयाँ पुराना पार्टीहरुले आत्मसात गरून्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया