काठमाडौं । अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधि सभा सदस्य निर्वाचन हुने बताएको छ ।
शुक्रबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो दाबी गरे ।
उनले फागुन २१ मा निर्वाचनको मिति तोकिसकिएकाले मिति तलमाथि नहुने बताए ।
सरकार फागुन २१ मा निर्वाचन गराउन गम्भीताका साथ लागेको बताए ।
उनले भने, ‘फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ । त्यो भन्दा यताउति हुँदैन । बाँकी निर्वाचन गराउने दायित्व सरकार, सरोकारवाला निकायको सबै हो । निर्वाचन आयोगको निर्णय हामी पर्खिनेछौँ ।’
उनले निर्वाचन गराउने दायित्व सरकारको मात्रै नभइ सबै सरोकारवाला निकायको भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया