सहकारीमा भएको बेथितीको जाँचबुझ गर्न आयोग गठन गर्ने सरकारको निर्णय

लोकपथ
140
Shares

काठमाडौं । सरकारले सहकारीमा भएको बेथितीबारे जाँचबुझ गर्न उच्चस्तरीय आयोग गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

सञ्चारमन्त्री समेत रहेका खरेलले उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

‘सहकारीमा भएको बेथिती तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्व न्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्ने निर्णय भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?