काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादबारे निर्वाचन आयोग छलफलमा जुटेको छ ।
दुवै पक्षले पटकपटक भेटेर विवेकपूर्ण निर्णय गर्न आग्रह गरेपछि अहिले आयोग छलफलमा जुटेको हो ।
नजिकिँदो निर्वाचनका कारण थप दबाबमा रहेको आयोगले कांग्रेस विवाद छिटो निरुपण गरेर निर्वाचनलाई समयमै सम्पन्न गर्ने मनसायमा देखिन्छ ।
कांग्रेसका संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षका नेताहरु आयोगमा उपस्थित भएर आफूहरुले आधिकारिकता पाउनुपर्ने दाबी पेस गरेका छन् । जसकारण आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर लगायत छलफलमा जुटेका छन् ।
आयोगले आजै निर्णय दिनसक्ने समेत स्रोतको दाबी रहेको छ ।
यता आयोग परिसरमा नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्ष र अर्का सभापति (विशेष महाधिवेशन) गगन थापा पक्षका नेता कार्यकर्ताहरु नाराबाजी गरिरहेका छन् । दुवै पक्षले आ–आफूले आधिकारिकता पाउने दाबीसहित नाराबाजी गरिरहेका हुन् ।
कांग्रेसका दुवै पक्षले नाराबाजी गर्न थालेपछि आयोगमा सुरक्षा सतर्कता बढाइएको छ ।
त्यसो त आजै कांग्रेसका संस्थापन पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरुले आधिकारिकता नपाए देशभर आन्दोलनको चेतावनी समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया