निर्वाचन आयोगमा प्रदीप पौडेल– ‘विधान अनुसार काम गर्नेलाई पुरस्कृत गर्ने कि दण्डित ?’

लोकपथ
217
Shares

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।

शुक्रबार साँझ निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री पौडेलले पार्टीको केन्द्रीय समितिले पोलिसी कार्यान्वयन गर्ने बताए । आफूहरुले विधानमा व्यवस्था भए अनुसार विशेष महाधिवेशन गरेको बताउँदै उनले विधानले जे भनेको छ सोही गर्नेहरुलाई दण्ड दिने कि पुरस्कार भन्दै प्रश्न गरेका छन् ।

‘केन्द्रीय कार्यसमिति पोलिसी बनाउने ठाउँ होइन, बनेको पोलिसी कार्यान्वयन गर्ने ठाउँ हो । विधानले जे गर्न भनेको छ त्यो काम गर्नेलाई पुरस्कार दिने कि दण्ड ?,’ उनले भनेका छन् ।

त्यस्तै पार्टीको विधान भन्दा माथि कोही नहुने भन्दै नेतृत्व परिवर्तन भएको र त्यसलाई पार्टी विभाजन भएको भन्न नमिल्ने जिकिर गरे । साथै आधिकारिकता विवाद सकिएपछि आफूहरु पार्टी केन्द्रीय कार्यालय सानेपा जाने समेत स्पष्ट पारे ।

‘नेतृत्व मात्रै परिवर्तन भएको हो । अनुकूल परिस्थित बनाएर हामी सानेपा जान्छौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?