काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरुलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् ।
लोकतन्त्र बचाउनका लागि आगो लगाउनेहरुलाई चिनेर गरेर आगामी निर्वाचनमा पराजित गर्नुपर्ने अध्यक्ष ओलीको जिकिर थियो ।
एमालेले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशभक्त र लोकतान्त्रिक शक्तिहरुसँग लोकतन्त्र बचाउनका लागि सहकार्य गर्दै अघि बढ्ने समेत बताए ।
देशभक्त र लोकतान्त्रिक शक्तिहरु आगामी निर्वाचनमा प्रतिस्पर्धी नहुने ओलीको भनाई थियो । उनले संविधान, राजनीति, राजनीतिक दलका नेताहरु नचाहिने तत्वले देशमा आतंक फैल्याउने काम गरिरहेको पनि बताए ।
अध्यक्ष ओलीले भने, ‘अहिले म भन्न चाहन्छु नेकपा एमालेको तर्फबाट–हाम्रो प्रतिष्पर्धा कसैसँग छैन । देशभक्त, लोकतान्त्रिक शक्तिहरुसँग प्रतिष्पर्धा छँदै छैन । लोकतन्त्र बच्योभनेन प्रतिस्पर्धा गर्ने हो। लोकतन्त्र नै बचेन भने के मा प्रतिष्पर्धा गर्ने हो ? त्यसकारण अहिलेको कुरा हो लोकतन्त्र । हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने आगो लगाउनेहरु हुन् । हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने असंवैधानिक लोकतन्त्रविरोधी संसद विघटनकर्ताहरु, देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने यस्ता तत्वहरु हुन् । देशमा अराजकता सृजना गर्न खोज्ने, यस्ता तत्वहरु हुन । डेमोक्रेसी चाहिएन उनीहरुलाई । संविधान चाहिएन, राजनीति चाहिएन । राजनीतिक पार्टीहरु चाहिएन, राजनीतिक दलका नेताहरु चाहिएन । देशलाई नीतिविहिन, थितिविहिन अराजकता र आतंकको एउटा राज्य बनाउन खोजियो ।’
अध्यक्ष ओलीले असंवैधानिक लोकतन्त्रविरोधी संसद विघटनकर्ताहरु, देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने तत्वहरु भएको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया