काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले कांग्रेस मिल्नुको विकल्न नरहेको बताएका छन् ।
लोकतान्त्रिक आन्दोलनको अगुवाई गर्ने कांग्रेस आफैँ विभाजित हुँदा त्यसले मुलुकको लोकतन्त्रमा समेत असर पर्ने भन्दै मिलेर अघि बढ्न आग्रह गरे ।
‘लोकतान्त्रिक आन्दोलनमा अगुवाई गरेको नेपालको पुरानो पार्टी नेपाली कांग्रेस विभाजित हुनु दुःखको कुरा हो । पार्टीको बिधान, नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धि ऐनका आधारमा यसको क़ानुनी छीनुफानो हुने नै छ । राजनीतिक वैधता र जनचाहना निर्णयको सर्बोपरी सवाल हो । यो नेपाली कांग्रेसको आन्तरिक मामला हो । हामीले धेरै बोल्नु राम्रो होइन । कुनै उपायले कांग्रेस पुनः एकहुने अबस्था बनोस कांग्रेसीजनमा मेरो शुभकामना,’ उनले भने ।
त्यस्तै२०७८ साल असारमा शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाल विभाजन गरेको समेत स्मरण गरे । साथै आफूहरुले त्यस बेला संसदमा लामो समय विरोध गरेको तर तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका खेल्न नसकेको समेत आरोप लगाए ।
‘तितो स्मरण होसः संविधान बिपरित दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर नेकपा एमालेलाई विभाजित गरिदा शेर बहादुर दाई नै प्रधानमन्त्री हुनुहुन्थ्यो । संसदमा एक महिना नारा लगाएको मलाई सम्झना छ । सभामुखले सुन्नै सुन्नु भएन । त्यतिबेला हामीले भनेका थियौ( प्रधानमन्त्रीज्यू कुनै बेला तपाईलाई पनि आईपर्ला हैरु असारमा २०७८। २०५४ साल फागुनमा एमाले विभाजन हुंदा तत्कालिन सभामुखको भूमिका के थियो ? टुटफुट र विभाजन तिर कसैले कसैलाई नउकासौ । समयको वेग र जनचाहनालाई सम्मान गरौँ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया