कांग्रेस विवाद : निर्वाचन आयोग अघि गगन थापा पक्षको धर्ना 

लोकपथ
91
Shares

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ ।

शुक्रबार दिउँसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका  नेताहरूले आयोगको अगाडी धर्ना दिएका हुन् । 

आयोग अगाडी नेताहरू पलेँटी कसेर धर्नामा बसेका छन् । शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरू आधिकारिक भएको दाबी आयोगमा निवेदन दिएका थिए । 

आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो । 

हाल गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना बसेको हो । थापा समूहले बिहीबार केन्द्रीय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?