विशेष महाधिवेशनका नाममा भेला गरियो, विधानले चिन्दैन : पूर्णबहादुर खड्का

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विशेष महाधिवेशन बोलाउने अधिकार पार्टीको केन्द्रीय समिति बाहेक अरुमा नभएको जिकिर गरेका छन् ।

कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खड्काले सो कुरा बताएका हुन् ।

उनले विशेष महाधिवेशन वा अधिवेशन बोलाउने अधिकार केन्द्रीय समिति बाहेक अरुलाई नभएको दाबी गरे । साथै उक्त कुरा विधानमा समेत उल्लेख नभएको दाबी गरे ।

‘नेपालीको कांग्रेसको विधानले कुनै पनि प्रकृतिको महाधिवेशन अधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र दिएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बाहेक नेपाली कांग्रेसका सभापति, कार्यवाहक सभापति, कुनै पदाधिकारी, कुनै केन्द्रीय सदस्य, वा कुनै व्यक्तिलाई नेपाली कांग्रेसको कुनै प्रकृतिको अधिवेशन होस् या विशेष अधिवेशन होस् नेपाली कांग्रेसको विधानले दिएको छैन,’ उनले भने ।

त्यस्तै पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई विधानले नचिन्ने समेत दाबी गरे । त्यति मात्र नभएर विशेष महाधिवेशनका नाममा अनुशासन बाहिरका गतिविधि भएको समेत उनको जिकिर रहेको छ ।

‘विशेष महाधिवेशनका नाममा केृही समयदेखि पार्टीमा अनुशासन भन्दा बाहिरका गतिविधिहरु गरे,’ उनले भने, ‘विशेष महाधिवेशनका नामा भेला बोलाएर पार्टीको विधान विपरित पार्टीको विधानले दिएको काम कर्तव्य र अधिकार विपरित भेला गरेर निर्वाचन आयोगमा पुगेको सञ्चारमाध्यमबाट जानकारी पाएपछि हामी आजै निर्वाचन आयोगमा पुगेर त्यसबारे जानकारी गराएर आएका हौँ ।’

त्यस्तै निर्वाचनको मुखमा पार्टीभित्र देखिएको समस्याले असर पुर्‍याउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?