काठमाडौं महानगर प्रहरी बलका प्रमुख पाण्डेले दिए राजीनामा, चुनाव लड्ने

लोकपथ
434
Shares

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आगामी माघ ४ गतेबाट लागू हुनेगरी पदबाट राजीनामा दिएका छन् । उनले आफूले राजीनामा दिएको पनि पुष्टि गरेका छन् । 

उनले भने, ‘मैले माघ ४ गतेबाट लागू हुनेगरी राजीनामा दिएँ, ३ गतेसम्म बहालमा रहन्छु ।’

उनी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?