काठमाडौं । विशेष महाधिवेशनबाट कांग्रेस सभापति बनेपछि निर्वाचन आयोगले गगन थापा नेतृत्वको पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएको छ ।
शुक्रबार दिउँसो आयोगले गगन नेतृत्वको कांग्रेसका नेताहरुसँग छलफल गर्ने भएको हो ।
त्यसो त बुधबार नयाँ कार्यसमिति आएसँगै बिहीबार त्यसबारे जानकारी गराउन सभापति थापासहित पदाधिकारी पुगेका थिए । आज भने सबै सदस्यहरुलाई समेत उपस्थित हुन भनिएको हो ।
२ बजे पुनः उपस्थित हुन भनिएको सभापति थापा निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार आगामी निर्वाचनमा चुनाव चिह्न लगायतका विषयमा छलफल हुनेछ ।
त्यसो त केहीबेरअघि मात्रै कांग्रेसको संस्थापन पक्षले निर्वाचन आयोग पुगेर आधिकारीता दाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया