विधान विपरित अधिवेशनको कुनै कानुनी मान्यता छैन : खम्मबहादुर खाती

लोकपथ
224
Shares

काठमाडौं । नेपाली कांग्रेस निर्वाचन समितिका संयोजक खम्मबहादुर खातीले गगन थापा नेतृत्वको पक्षको कांग्रेस अद्यावधिकमा कुनै अधिकार नरहेको बताएका छन् । 

शुक्रबार निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी सम्बन्धी छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

खातीले विशेष महाधिवेशनमा हस्ताक्षर गर्ने प्रतिनिधिहरू बाहिरिएको र प्रमाणसहित फर्किएको बताए । उनले निर्वाचन आयोगले संविधान, प्रचलित ऐन, कानुन र राजनीतिक दलसम्बन्धी ऐनको विपरीत निर्णय नलिने विश्वास व्यक्त गरे ।

उनका अनुसार, १६७ मध्ये १२३ जना केन्द्रीय सदस्यहरू आफ्नो पक्षमा छन् र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ ख अनुसार विवाद उत्पन्न भएमा केन्द्रीय कार्यसमितिको बहुमतलाई निर्वाचन चिन्ह, पार्टी र झण्डा प्राप्त हुने अधिकार हुने व्यवस्था स्पष्ट छ ।

खातीले भने, ‘विशेष महाधिवेशनमा प्रतिनिधिहरूको संख्या ५१ प्रतिशत पनि पुगेको छैन । विधान विपरीत अधिवेशन बोलाइएको छ । मिडियाले जे भन्यो, त्यो होइन  संविधान र ऐन कानुनले जे भन्छ, त्यसमा विश्वास छ ।’

उनले आयोगले प्रमाणसहित निर्णय गर्ने विश्वास व्यक्त गर्दै भ्रमपूर्ण प्रचारप्रसारको औचित्य नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?