बढ्यो सुनचाँदीको मूल्य, आज कति पुग्यो ?

लोकपथ
287
Shares

काठमाडौं । साताको अन्तिम कारोबारका दिन आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको मूल्य  पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १ सय ६० रुपैयाँले बढेको हो । बिहिबार ५ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?