कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

लोकपथ
847
Shares

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा दिउँसो २ बजे पत्रकार सम्मेलन हुने पार्टीले जनाएको छ ।

विशेष महाधिवेशनबाट पार्टीको अलग्गै नेतृत्व चयन भएपछि खड्काले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

यसअघि गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिइसकिएको छ । उक्त विषयमा समेत खड्काले पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा कांग्रेसका केन्द्रीय नेताहरूको पनि उपस्थिति रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?