काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजनको अवस्थामा पुगेपछि संस्थापक नेता वीपी कोइरालालाई स्मरण गरेका छन् ।
विशेष महाधिवेशनबाट नयाँ चेतृत्व चयनपश्चात कोइरालाले आम कार्यकर्तालाई अविचलित रहन आग्रह गर्दै पार्टी निर्माणका क्रममा वीपीको योगदानको स्मरण समेत गरेका छन् ।
वीपीले आह्वान गरे अनुसार आफ्नो ज्यानको बाजी लगाएर पार्टी निर्माण भएको बताउँदै एक समूहले वीपीमाथि धोका दिएर गएको टिप्पणी गरे । उनले विशेष महाधिवेशनबाट नवनिर्वाचित नयाँ टिमलाई लक्षित गरेर सो टिप्पणी गरेका हुन् ।
‘विपी कोइरालालाई जीउ ज्यानको बाजी लगाएर साथ दिने लाखौं साथीहरु पार्टीमा अविचलित भएर लोकतन्त्रको संघर्षमा अथकित भै संघर्षरत रहे, तर केही व्यक्ति र समुह विपीलाई छाडेर गए । उहाँ यसलाई नियतिको खेल भन्नुहुन्थ्यो,’ उनले भनेका छन् ।
त्यस्तै उनले कांग्रेससँग आसन्न निर्वाचन र नेपाली कांग्रेसको इतिहासको गौरवलाई जोगाउने जिम्मेवारी रहेको बताए ।
‘अब हाम्रा सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहाँसको गौरवलाई जोगाउने जिम्मेवारी छ । यस कठिन घडीमा कांग्रेसको संगठनात्मक उर्जा प्रस्फुटन भएर मात्र हामी इतिहाँसले र हाम्रा अग्रज नेताहरुले दिएको जिम्मेवारी पुरा गर्न सक्छौँ,’ उनले भने ।
पार्टीभित्र विभाजनको अवस्थाले आम कार्यकर्तामा निराशा बढेको बताउँदै उनले आगामी दिनमा पार्टीका कार्यकर्ताहरुमा वृहत्तर एकताको खाँचो रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया