देउवा पक्षीय केन्द्रीय कार्यसमितिले कांग्रेसको वेबसाइटबाट हटायो गगन, विश्वप्रकाश र फरमुल्लाह मन्सुरको नाम

लोकपथ
630
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय केन्द्रीय कार्यसमितिले तीन पदाधिकारीको नाम आफ्नो वेबसाइटबाट हटाएको छ ।

हटाइएका पदाधिकारीमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुर रहेका छन् ।

यसअघि भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनमा गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको थियो। 

नयाँ समितिमा विश्वप्रकाश शर्मा उपसभापति र फरमुल्लाह मन्सुर सहमहामन्त्री चुनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?