गगन थापा पक्ष आज निर्वाचन आयोग जाँदै, कुपण्डोलमा पहिलो केन्द्रीय समितिको बैठक पनि बस्दै

लोकपथ
504
Shares

काठमाडौं । आफूहरू नै नेपाली कांग्रेसको वैधानिक नेतृत्व भएको दाबी गर्दै गगन थापा पक्ष आज निर्वाचन आयोगमा जाँदैछ ।  बुधबार मध्यरातमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गर्दै केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

विशेष महाधिवेशनबाट महामन्त्री चुनिएका गुरुराज घिमिरेले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा जाने तयारी भइरहेको बताए । विशेष महाधिवेशन पक्षले पार्टीको विधानअनुसार विशेष महाधिवेशन भइरहेको र शेरबहादुर देउवा नेतृत्वको कार्य समिति भंग भएको लिखित जानकारी मंगलबार नै आयोगमा गराइसकेको थियो ।

त्यसको भोलिपल्ट शेरबहादुर देउवा पक्षले गगन थापा र विश्वप्रकाश शर्मा निष्कासनमा परेको विवरण आयोगमा पठाएको थियो । 

उता, विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक अहिले ललितपुरको कुपण्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा बस्ने भएको छ । 

गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको यो पहिलो बैठक हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?