काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन प्रतितोला १५ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ७८ हजारमा कारोबार भएको सुनको मूल्य आज १५ सय रुपैयाँले घटेर २ लाख ७६ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै चाँदी तोलामा १७० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६५५ रुपैयाँको उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज प्रतितोला ५ हजार ४८५ रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया