कांग्रेस विगतका कमजोरीप्रति आत्मआलोचनासहित अघि बढ्छ : उपसभापति शर्मा

लोकपथ
217
Shares

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीका विगतका कमजोरीप्रति आत्मालोचना गर्दै जनतासँग पुनः विश्वासको सम्बन्ध स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा भएको  विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएपछि सम्बोधन गर्दै उनले गगन थापाको नेतृत्वमा कांग्रेसलाई नयाँ ऊर्जा र दृष्टिकोणसहित अघि बढाइने संकल्प व्यक्त गरे । पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउँदै जनताका मुद्दामा केन्द्रित भएर काम गर्ने उनको भनाइ छ ।

शर्माले कांग्रेस अब आत्मआलोचनासहित नयाँ रूप र नवीन सोचका साथ अघि बढ्ने स्पष्ट पारे । उनले भने, ‘सुनौलो बिहानीमा ब्युँझिँदै गर्नुभएका आमाबुवा, दाजुभाइलाई भन्न चाहन्छु गगन थापाको नेतृत्वमा कांग्रेस अब नयाँ भएर आउँदैछ, नवीन भएर आउँदैछ। विगतका कमी कमजोरीका लागि आत्मआलोचना गरेर आउँदैछ। हाम्रा कारण कसैको मन दुखेको छ भने ती सबैसँग क्षमा माग्न आउँदैछ ।’

उनले आगामी १०–१५ वर्षभित्र नेपाललाई समुन्नत र सक्षम राष्ट्रका रूपमा निर्माण गर्न सकिने दृढ विश्वास व्यक्त गर्दै त्यसैअनुसार पार्टीले दीर्घकालीन दृष्टिकोणका साथ काम अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?