सभापति बनेपछि गगनले भने– ‘विशेष महाधिवेशन भुईँ तहका कार्यकर्ताले गरेको हस्तक्षेप हो’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन भुईँ तहका कार्यकर्ताले गरेको हस्ताक्षर रहेको बताएका छन् ।

बुधबार मध्यरात निर्वाचन समितिले सभापति घोषणा गरेपछि सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले कांग्रेसको विशेष महाधिवेशन राजनीतिमा भुईँ तहका कार्यकर्ताले गरेको हस्तक्षेप रहेको दाबी गरे ।

‘कांग्रेसको विशेष महाधिवेशन कांग्रेसका लागि मात्र होइन हरेक राजनीतिक दलका भुईँ तहको कार्यकर्ताले गरेको हस्तक्षेप हो,’ उनले भने ।

उनले आफूले ठूलो जिम्मेवारी पाएको भन्दै त्यसलाई कुशलतापूर्वक निर्वाह गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?