काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचनसम्बन्धी कार्यतालिका पुनः संशोधन भएको छ ।
यसअघि पटकपटक संशोधन भएको कार्यतालिका बुधबार राति पुनः संशोधन गरिएको हो ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले दिएको जानकारी अनुसार आज राति नै १० बजेसम्म अन्तिम नामावली प्रकाशन गरिएको छ । त्यस्तै उक्त नामावलीउपर दाबी विरोधको समय १०ः१५ देखि १०ः३० सम्म गरिनेछ । यद्यपि अहिलेसम्म नामावली सार्वजनिक भएको भने छैन ।
अन्य प्रक्रियाहरु पूरा गरेर बिहीबार दिउँसो २ बजेबाट ५ बजेसम्मका लागि नयाँ नेतृत्व चयनका लागि मतदान हुने समय तोकिएको छ । यद्यपि नेतृत्व चयनका लागि सर्वसम्मत निर्णय गर्ने तयारी गरिएको छ ।
यस्तो छ संशोधित कार्यतालिका


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया