पदको लोभले विशेष महाधिवेशन गरेका होइनौँ, सभापतिले समयको वेग बुझ्न सक्नुभएन’

लोकपथ
133
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले सभापति शेरबहादुर देउवालाई आफूमा पदको कुनै लोभ नभएको बताएको स्मरण गराएका छन् ।

पार्टीले कारबाही गरेपछि नेता कार्यकर्ताहरुलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै महामन्त्री थापाले आफूले अन्य जुनसुकै नेताहरुलाई बनाए पनि नयाँ नेतृत्वसहित निर्वाचनमा जाऔँ भनेका तर सभापतिले नमानेको बताए । उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्का वा डा. शेखर कोइरालालाई सभापति बनाए पनि आफूहरु मान्न तयार रहेको बताएको बताए ।

‘मैले आज उहाँकै घरमा गएर जसलाई बनाए पनि हुन्छ । सभापति बनाउनुस् भनेको थिएँ । पूर्णबहादुर खड्कालाई बनाउने ? कि डा. शेखर कोइरालालाई बनाउने हो बनाएर नयाँ नेतृत्वसहित अघि जाऔँ भनेको थिएँ,’ उनले भने ।
त्यस्तै आफूहरुले नियमितबाट विद्रोह गरेर जोखिम उठाउन खोजेको समेत बताए ।

‘हामी जोखिम उठाउन खोज्दैछौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?