काठमाडौं । विशेष महाधिवेशनपछि पार्टी फुटको अवस्थामा पुगेको भनिए पनि कांग्रेस नेता डा. शेखर कोइरालाले भने पार्टी नफुट्ने दाबी गरेका छन् ।
बुधबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै डा. कोइरालाले पार्टी नफुट्ने दाबी गरेका हुन् ।
पार्टी फुटको अवस्थामा पुग्यो होइन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘फुट्दैन फुट्दैन पार्टी फुट्दैन । सक्छौँ, सक्छौँ, एकता हुन्छ ।’
केन्द्रीय समिति बैठकमा सहभागि हुन नेता कोइराला पार्टी कार्यालय सानेपा पुगेका थिए । यसअघि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग समेत डा. कोइरालाले परामर्श गरेका थिए ।
पार्टी त फुट्यो होइन ? भन्ने पत्रकारको प्रश्नका डा. कोइरालाले थप भने, ‘पार्टी यसै फुट्छ यार ?’
विशेष महाधिवेशन पक्षधरले संस्थापनसँग राखेका मागमा सभापति देउवा सकारात्मक नभएपछि नयाँ कार्यसमिति घोषणा गरेर जाने तयारी भएको छ ।
आज महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा देउवासँग निर्णायक वार्ता गर्न देउवा निवास महाराजगञ्ज पुगेका थिए ।
महामन्त्रीद्वयसँगको वार्तामा समेत देउवा सकारात्मक नभएपछि पार्टी फुटको अवस्थामा पुगेको आँकलन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया