काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि उपसभापति पदमा फरमुल्लाह मन्सुरले उम्मेदवारी दर्ता गराएका छन् ।
हाल सहमहामन्त्री रहेका मन्सुरले बुधबार उपसभापतिमा उम्मेदवारी दिएका हुन् ।
उनले विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा उपसभापतिमा उम्मेदवारी दिएका हुन् ।
यसअघि संस्थापन पक्षकै रहे पनि जेनजी आन्दोलनपछि गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्नुपर्ने माग अघि सार्दै आएका थिए ।
त्यसो त कांग्रेसको विधान अनुसार २ जना उपसभापति रहने व्यवस्था रहेको छ । उपसभापतिमा पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता महेश आचार्यले समेत उम्मेदवारी दर्ता गराइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया