बहादुरसिंह लामाले गराए सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

लोकपथ
630
Shares

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेसको विशेष महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवारी दर्ता गराएका छन् ।

केहीबेरअघि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा लामाले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गरेका हुन् ।

‘सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएको छु,’ उनले भने ।

यसअघि लामा केन्द्रीय सदस्य रहेका थिए । लामा संस्थापन निकट नेता मानिन्थे । तर बागमति प्रदेशको मुख्यमन्त्रीबाट लामालाई हटाएसँगै उनी असन्तुष्ट बन्दै आइरहेका थिए ।

लामा महाधिवेशनको उद्घाटनको दिन विशेष महाधिवेशनस्थल भृकुटीमण्डप नपुगे पनि भोलिपल्ट भने भृकुटीमण्डप पुगेर विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए ।

सहमहामन्त्रीमा महिलाबाट पुष्पा भुसालले उम्मेदावारी दर्ता गराएकी छन् भने अन्य उम्मेदवारी परे पनि सार्वजनिक भएको छैन ।

त्यसो नेपाली कांग्रेस फुटको अवस्थामा पुगेको छ । सभापतिमा गगनकुमार थापाको एकल नाम दर्ता भएको छ भने महामन्त्रीमा वर्तमान महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?