स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित युवक पक्राउ

लोकपथ
126
Shares

सिन्धुली । सिन्धुली प्रहरीले स्रोत नखुलेको अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–३ घर भएका ३४ वर्षीय युवराज नेवार रहेका छन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो ।

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयले जानकारी दिए अनुसार, काठमाडौंबाट पक्राउ परेका नेवारलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?