कांग्रेस विशेष महाधिवेशन : उम्मेदवार मनोनयनको समय सकियो, सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी 

लोकपथ
1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्री थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति स्रोतले जनाएको छ । सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको पनि स्रोतको भनाइ छ ।

यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ । मनोनयन दर्ताको समय सकिएसँगै उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ । 

‘मनोनयन दर्ताको समय सकियो । अब उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्छौं’ निर्वाचन समितिका संयोजक सीताराम केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?