दिनदिनै सुनचाँदीको मूल्यमा नयाँ रेर्कड, आज कति पुग्यो ?

लोकपथ
476
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेर्कड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन  २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १५ सय  रुपैयाँले बढेर २ लाख ७८ हजार कायम भएको महासंघले जनाएको छ । 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ६५५ रुपैयाँ कायम भएको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?