ओली र प्रचण्डले संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं, २३ कात्तिक । चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्म जाने तयारीमा रहेका एमाले र माओवादी केन्द्रका अध्यक्षले संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् पार्टी एकताका लागि तयारी र वाम गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा अभियानको थालनीका रुपमा हेरिएको संयुक्त कार्यक्रम अहिले सबैभन्दा चर्चामा रहेको गोरखा जिल्लाबाट सुरु हुने भएको छ सोही क्रममा ओली र प्रचण्डको संयुक्त चुनावी सभा २९ गते गोरखामा आयोजना गरिने भएको छ । गोरखाका चार स्थानमा सभाको आयोजना गरिएको वाम गठबन्धनले जनाएको छ गोरखाको क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनबाट बाबुराम भट्टराई उम्मेदवार रहेका छन् गोर्खापछि कात्तिक ३० गते स्याङ्जा र बाग्लुङमा, मंसिर २ गते झापाको दमकमा र ३ गते झापाको काँकडभिट्टामा चुनावी सभाको आयोजना गरिनेछ झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली उम्मेदवार छन् भने झापाको क्षेत्र नम्बर १ मा माओवादी नेता राम कार्की चुनावी मैदानमा रहेका छन् यसैगरी ३ गते नै मोरङको विराटचोकमा, ५ गते रुपन्देहीको बुटवलमा र दाङमा, ७ गते सुर्खेत र दैलेखमा, ८ गते कैलाली र कञ्चनपुरमा तथा ९ गते पोखरामा चुनावी सभा गर्ने कार्यक्रम तय भएको छ यसअघि बुधबार काठमाडौं क्षेत्र नम्बर २ मा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाई एमाले नेता माधवकुमार नेपालले सम्बोधन गरेका थिए चुनावलाई लक्षित गर्दै एमाले र माओवादीले चुनावी कार्यक्रम अन्तर्गत ताप्लेजुङ–दार्चुला अभियान सुरु गरेका छन् । कात्तिक १९ गते ताप्लेजुङमा भएको सभामा प्रचण्ड उपस्थित हुन नसकेपछि ओलीले मात्रै सम्वोधन गरेका थिए वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गर्ने र पार्टी एकताको सन्देश दिने गरी संयुक्त चुनावी सभा र प्रशिक्षण सुरू गरिएको नेताहरुले जनाएका छन्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?