सहकार्य र सहमतिबाटै सशक्त कांग्रेसको मिसन पूरा गर्ने बाटोमा छौँ : नैनसिंह महर

लोकपथ
133
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्र सहकार्य र सहमतिको माध्यमबाट शक्तिशाली कांग्रेस निर्माण गर्ने बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । 

उनले लेखेका छन्, ‘सहकार्य, सहमति र एकताबाटै सशक्त कांग्रेसको मिसन पूरा गर्ने बाटोमा छौँ । अनेकतामा एकता हाम्रो परम्परा फेरि चरितार्थ हुँदैछ । छिट्टै नै शुभ समाचार आउँछ ।’

उनले पार्टीभित्रको एकता र सहकार्यलाई पुनः स्थापित गर्दै आगामी दिनमा सकारात्मक परिणाम आउने आशा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?