नकावधारी समूहद्वारा एसबीआई बैंक लुटपाट, टाटा सुमो चालक नियन्त्रणमा

लोकपथ
504
Shares

सिन्धुली । नकावधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा रहेको नेपाल एसबीआई बैंकबाट ठुलो रकम लुटेको छ ।

मंगलबार साँझ करिब ७ बजे काभ्रेको बनेपाबाट आएको ६ जनाको समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरी सेफमा रहेको ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटेर फरार भएका हुन् ।

घटनापछि प्रहरीले खोजतलास गर्ने क्रममा बैंक नजिकैको जंगलबाट १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले लुटपाटमा प्रयोग गरिएको टाटा सुमो गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । लुटेराहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?