शुक्लागण्डकी हत्या प्रकरण : एक जना पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शनिबार कसेरीघाटमा तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानका क्रममा प्रहरीले  एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका व्यक्तिले हत्या गरेको स्वीकार गरेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका व्यक्ति फोहरमैला प्रशोधन केन्द्रमा आउजाउ गरिरहने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

मृतकहरूमध्ये शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरकी ५८ वर्षीया देउमाया थापाको पहिचान खुलेको छ । तेस्रो मृतकको भने अझै पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?