यस्तो छ विशेष महाधिवेशनबाट पारित विधान संशोधन प्रस्तावका १६ बुँदा [पूर्णपाठ]

लोकपथ
448
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

मंगलबार साँझ विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा महामन्त्रीद्य गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसअघि राखेको दुवै प्रतिवेदन समेत पारित गरेको हो ।

त्यस्तै विधान संशोधनसम्बन्धी १६ बुँदे प्रस्ताव हलले पारित गरेको हो ।

जसमा पार्टीको क्रियाशील सदस्यता एकै किसिमको हुने देखि पार्टीबाट जुनसुकै सार्वजनिक पद धारण गर्ने व्यक्तिले उम्मेदवार बन्नुपूर्व आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्नेसम्मका प्रस्तावहरु राखिएका छन् ।

‘सम्पत्ति विवरण बुझाउनुपर्ने : पार्टीको तर्फबाट कुनै पनि तहको सार्वजनिक पद धारण गर्ने व्यक्तिले उम्मेदवार बन्नुपूर्व नै सम्पत्ति विवरण बुझाउनुपर्ने र स्वघोषणा गर्ने बाध्यकारी व्यवस्था गरिनेछ,’ विधान संशोधन प्रस्तावको १५ नम्बर बुँदामा भनिएको छ ।

त्यति मात्र होइन पार्टीमा युवाहरुको स्थान सुरक्षित गर्नका लागि समेत विभिन्न नीतिहरु विशेष महाधिवेशनले अघि सारेको छ । जसमा पार्टीमा ४० वर्षमुनिको प्रतिनिधित्व अन्तर्गत ३० वर्ष मुनिका १० प्रतिशत र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका १० प्रतिशत गरी कुल २० प्रतिशत प्रतिनिधित्व रहने गरी व्यवस्था गरिने समेत बताइएको छ ।

त्यति मात्र होइन उमेर र क्लस्टर समूहका आधारमा हुने प्रतिनिधित्वलाई एक व्यक्तिको लागि एक पटक मात्र हुने गरी व्यवस्था गरिने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?