सीमलतालबाट त्रिशुलीमा बेपत्ता भएको १८ महिनापछि भेटियो गणपति डिलक्सको बस

लोकपथ
245
Shares

काठमाडौं । मंगलबार त्रिशुली नदिको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ ।

तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिकै त्रिशुली नदिको किनारमा पुरिएको अवस्थामा सो गाडीको पार्ट्सपुर्जा फेला परेको थियो ।

पार्ट्सपुर्जा देखिएको सो गाडी खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं। २३ मनकामना गण भानु तनहुँबाट खटिएका सुरक्षा फौजले उक्त नाम लेखिएको गाडी फेला पारेको हो ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स २०८१ असार २८ गते बिहान पहिरोले पुरिएर चितवनको सिमलतालस्थित त्रिशुली नदिमा बेपत्ता भएका थिए ।

हराएको १८ महिनापछि उक्त बस फेला परेको हो ।

गणपति डिलक्समा सवार ३१ जनामध्ये ३ जनाले हाम फालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए । सो मध्ये १४ जनाको शव फेला परेको थियो । अन्य हालसम्म बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?