चिनियाँ पर्यटकलाई लक्षित गरेर माछापुच्छ्रे बैंकले गर्‍यो ‘टेनपे’सँग साझेदारी

लोकपथ
21
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले Tenpay Payment Technology Co. Ltd. सँग सम्झौता गरेको छ ।

नेपालमा भित्रिने चिनियाँँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल तथा विश्वासिलो बनाउने उदेश्यसहित बैंकले (टेनपे) सँग सम्झौता गरेको हो ।

Tenpay Payment Technology Co. Ltd. चीनमा WeChat Pay (Weixin Pay) सञ्चालन गर्ने ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

उक्त सम्झौता पश्चात माछापुच्छ्रे बैंकले WeChat Pay (Weixin Pay) को माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्नेछ । जस अन्तर्गत चिनियाँ पर्यटकहरूले नेपालमा चिनियाँ मुद्रा प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् भने नेपाली व्यापारीहरूले सोझै नेपाली रुपैयाँमा रकम प्राप्त गर्नेछन् ।

यसरी चिनियाँँ पर्यटकले प्रत्यक्ष रुपमा कारोबार गर्न सक्ने हुँदा पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा सहज र सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

यो सम्झौताले डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकका विभिन्न रणनीतिक पहलहरूमा पनि टेवा पुर्याउने विश्वास बैंकले लिएको छ । साथै उक्त सम्झौताले वित्तिय डिजिटल समावेशीकरण, नगद–रहित अर्थतन्त्र र भुक्तानी पूर्वाधारको आधुनिकीकरणमा समेत उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?