सहमतिमा नआए महामन्त्रीहरु निष्काशनमा पर्न सक्नुहुन्छ : श्याम घिमिरे

लोकपथ
3.2k
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले सहमतीमा नआए महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निष्काशनमा पर्ने चेतावनी दिए ।

पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठकमा भाग लिन पुगेका नेता घिमिरेले सम्झौतामा नआए आफैँ निष्काशनमा पर्ने दाबी गरेका हुन् ।

‘उहाँहरु सम्झौतामा आउनुहुन्छ भन्ने विश्वास छ,’ सम्झौतामा नआए निष्काशनमा पर्नुहुन्छ ? भन्ने सञ्चरकर्मीको प्रश्नमा उनले भने, ‘पार्टीमै नआइसकेपछि त आफैँ अटोमेटिक निष्काशनमा परिहाल्नुहुन्छ नि !’

पार्टीसँग संवादमा नआएमा दुवै महामन्त्रीद्वयले निर्वाचनदेखि पार्टीको नियमित महाधिवेशन गुमाउने दाबी गरे । साथै पार्टीमा लोकप्रीय छवि बनाएका दुवै नेताहरु पार्टीबाट बाहिरिँदा घाटा हुने समेत बताए ।

‘उहाँहरुले त्यतिखेरसम्म चुनाव पनि गुमाउनुहुन्छ, महाधिवेशन पनि गुमाउनुहुन्छ । पार्टी फुटाएर गैसकेपछि महाधिवेशनमा भाग लिन पनि पाइएन, उहाँहरुले यो पार्टी फुटाएर फाइदा छैन । म अहिले पनि विश्वास गर्छु, उहाँहरु कुनै न कुनै सम्झौतामा आउनुहुन्छ । उहाँहरुजस्तो जानकार, बुद्धिमान मान्छे, योग्य, लोकप्रीय मान्छेहरु पार्टी फुटाउने बाटोमा जानुहुन्न त्यसले कांग्रेसलाई पनि घाटा हुन्छ,’ उनले भने ।

विशेष महाधिवेशनले पार्टीमा तरंग पैदा भइरहेका बेला आजका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो । तर शीर्ष नेताहरु वार्तामा रहेका कारण अझैसम्म बैठक बस्न सकेको छैन । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिए पनि अझै बस्न नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?