प्रतिनिधि सभा पुनस्थापनाको सम्भावना प्रबल छ : सभामुख घिमिरे

लोकपथ
266
Shares

काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा पुनस्थापनाको सम्भावना रहेको दाबी गरेका छन् ।

संसद विघटन सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेका बेला उनले अदालतबाट पुनस्थापना हुने सम्भावना रहेको बताएका हुन् ।

मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पुर्‍याउने काम गरिएको पनि दोहोर्‍याए ।

उनले संविधान र कानूनअनुसार आफूले आगामी फागुन ५ गतेसम्म पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको जिकिर गर्दै सोहीअनुसार अघि बढिरहेको दाबी समेत गरे ।

सभामुख घिमिरेले भने, ‘भदौ २७ गते राति करिव ११ बजेको आसपासमा संसद जबरजस्त भंग गरिएको छ । संविधान त्यस मानेमा लिकभन्दा बाहिर लगिएको छ । तर सभामुखको संविधान र कानूनसम्मत अवधि रहेकाले गर्दा अब हुने भनिएको आम निर्वाचन २१ फागुन भन्दा अगाडि फागुन ५ गतेसम्म अवधि रहेकाले गर्दा मैले सोही पदीय हैसियतमा बस्नुपरेको हो । भोली संसद पुनस्थापनाको पनि सम्भावना छ । जुन कुरा मैले अघि पनि प्रश्तुत गरिसकेको छु । अव भोली के हुने भन्ने बारेमा भोलीकोप परिस्थितिले तय गर्छ । खासगरी म सभामुख हुन्जेल मैले त्यही भुमिका निर्वाह गर्नुपर्छ भन्ने कुरामा म विचार र व्यवहारमा स्पष्ट भएर तपाईहरुको अगाडि कुरा राख्न चाहन्छु ।’

सभामुख घिमिरेले आगामी निर्वाचनमा भाग लिने वा नलिने भन्नेकुरा पनि पदीय जिम्मेवारीका कारण आफू टुंगोमा पुग्ने अवस्था नरहेको समेत स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?