विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपति पौडेलको नाम हटाइदिन सचिवालयको माग

लोकपथ
462
Shares

काठमाडौं । कांग्रेसको विशेष महाधिवेशनमा राष्ट्रपति रामचन्द्र पौडेलको नाम समेत महाधिवेशन प्रतिनिधि (मतदाता) मा रहेपछि तरंग पैदा भएको छ ।

विशेष महाधिवेशनका लागि सार्वजनिक गरिएको ४ हजार ६ सय ३८ मतदातामध्ये राष्ट्रपति पौडेलको नाम नाम ‘नेता’ को रुपमा दोस्रो नम्बरमा रहेको छ ।

१४औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरुको नाम सार्वजनिक गर्दा सभापति शेरबहादुर देउवापछि पौडेलको नाम रहेको थियो । विशेष महाधिवेशनमा अघिल्लै महाधिवेशनका प्रतिनिधिहरुले मतदान गर्ने भएकाले पौडेलको नाम समेत समावेश भएको छ ।

राष्ट्रपतिको नाम समेत महाधिवेशन प्रतिनिधिका रुपमा मतदाताको रुपमा आएपछि राष्ट्रपतिको सचिवालयले नाम हटाइदिन आग्रह गरेको हो । निर्वाचन समितिलाई फोन गरेर राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नाम हटाइदिन आग्रह गरेका हुन् ।

आइतबारबाट भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन आज पनि बन्दसत्र चलिरहेको छ ।

निर्वाचन समितिले आज मंगलबार (आज) राति ९ बजेबाट भोलि बिहानको १ बजेसम्म मतदानको समय तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?