काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदाता नामावली सार्वजनिक गरिएको छ ।
जसअनुसार १४औँ देशभरबाट आएका ४ हजार ६ सय ३८ मतदाता (महाधिवेशन प्रतिनिधि) कायम भएका छन् । कांग्रेसको विधान अनुसार विशेष महाधिवेशनमा अघिल्लो महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरु नै मतदाता हुनेछन् र नेतृत्व चयन गर्नेछन् ।
महाधिवेशन स्थल भृकुटीमण्डपमा सार्वजनिक गरिएको मतदाता नामावली अनुसार १४औँ महाधिवेशनमा रहेका मध्ये मृत्यु भएका, पार्टी छाडेकाहरुको संख्या घटाएर नयाँ संख्या कायम गरिएको हो ।
त्यसो त १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता रहेका थिए ।
निर्वाचन समितिले एक सभापति, २–२ जना महामन्त्री र उपसभापति, ८ जना सहमहामन्त्रीसहित केन्द्रीय समिति चयन गर्नेछ ।
आजै राति ९ बजेबाट मतदानको काम सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।
त्यसो त कांग्रेसभित्र देखिएको समस्या समाधानका लागि त्रीपक्षीय वार्ता समिति गठन गरी छलफललाई अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया