काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा माघ ३० गते बुधबारदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
राष्ट्रिय लिग फुटबलमा ए डिभिजनका १३ टोलीसँगै एन्फा प्रेसिडेन्ट लिगबाट आएका चार टोली गरी १७ टोलीको सहभागिता रहनेछ ।
सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा कुल १३६ खेल हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । सोही दिन श्री भगवती र चर्च ब्वाइज क्लबबीच पनि खेल हुनेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ ।
माघ २ गते शुक्रबार दशरथ रंगशालामा हुने मच्छिन्द्र क्लब र एनआरटी खेल अगाडि चर्चित गायक सज्जनराज वैद्यले सांगीतिक प्रस्तुति दिने भएका छन् ।
सज्जनराज वैद्यको भव्य सांगीतिक प्रस्तुति सङै नेसनल लिग २०८२ को ग्रान्ड ओपनिङ हुने छ । वैद्य युवामाझ निकै लोकप्रिय गायक हुन् ।
एन्फाले ४८ खेलसम्मको मिति र खेलस्थलसमेत तोकेको छ भने ६४ खेलसम्मको मिति पनि तय गरेको छ । बाँकी ७२ खेलको मिति तय हुन बाँकी छ ।
राष्ट्रिय लिगका खेलहरु उपत्यकाको तीन मैदान दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ । राष्ट्रिय लिगको विजेताले नगद ५० लाख पुरस्कार पाउने एन्फाले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
राष्ट्रिय लिग फुटबल प्रतियोगिताको लाइभ स्ट्रिम एमएसन भिडियो एपबाट हुने छ । यो एपमार्फत राष्ट्रिय लिग फुटबल प्रतियोगिता नेपालमा हेर्न तीन महिनासम्म ८९९ रुपैयाँ र विदेशमा तीन महिनासम्म १५ डलर तोकिएको छ । एमएसन भिडियो मा अहिलेका सुपरहिट नेपाली चलचित्रहरु हेर्न पाइन्छ । एमएसन भिडियो एप टिभीमा पनि सजिलै डाउनलोड गरेर हेर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया