अघि बढ्यो विशेष महाधिवेशन पक्षधर : नेतृत्व चयनका लागि निर्वाचनको तयारी

लोकपथ
511
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिमा संकट गहिरिँदै गएको छ ।

दुवै पक्षबाट वार्ताका लागि टोली गठन गरे पनि संस्थापन टसमस नहुँदा विशेष महाधिवेशन पक्षधर भने नयाँ नेतृत्व चयनका लागि निर्वाचनको तयारीमा जुटेको हो ।

वरिष्ठ अधिवक्ता सीताराम केसीको नेतृत्वमा निर्वाचन समिति गठन गरी निर्वाचनको तयारी गरिएको हो ।

संयोजक केसीद्वारा जारी विज्ञप्तिमा मंगलबार (आज) नै नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्ने तयारी गरिएको हो ।
‘काठमाडौं जिल्ला भृकुटीमण्डपमा सम्पन्न हुने गरी नेपाली कांग्रेस विशेष महाधिवेशन केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता श्री सीताराम केसीज्यूको संयोजकत्वमा आज मिति २०८२–०९–२९ गते मंगलबारका दिन नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालय, काठमाडौंमा बैठक बसी निर्वाचन प्रक्रिया अगाडि बढाइएको व्यहोरा सूचित गरिन्छ,’ केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?