सुन तोलाकै २ लाख ७६ हजार ५ सय रुपैयाँ

लोकपथ
105
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि बढेर तोलाकै २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँ रहेकोमा आज मंगलबार बढेर २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको हो । छापावाल सुन अब १० ग्रामकै २ लाख ३७ हजार ५५ रुपैयाँ कायम भएको छ । 

यस्तै मंगलबार चाँदी तोलामा ५ हजार ३ सय ४० रुपैयाँ पुगेको हो । यसअघि सोमबार चाँदी ५ हजार १ सय ९५ रुपैयाँ कायम भएको थियो ।

अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५ सय ८८ र त्यति नै परिमाणको सेतो धातु ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?