प्रतिनिधिसभा सदस्यको चुनाव नलड्ने कांग्रेस नेता बडूको घोषणा

लोकपथ
203
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभाको आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि दार्चुलाबाट एकल नाम सिफारिस भएका बडूले नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाका सभापतिलाई एक पत्र लेख्दै आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

उनी २०४८ सालदेखि दार्चुलाबाट चुनाव लड्दै आएका थिए । उनी एकपटक समानुपातिकमा पनि बसेका थिए । बडूले वक्तव्य जारी गर्दै पार्टीको उम्मेदवार जिताउन लाग्ने प्रतिबद्धता पनि जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?