कांग्रेसबारे महेश बर्तौलाको सुभेच्छा– ‘फुटेर होइन मिलेर अघि बढ्नुहोस्’

लोकपथ
392
Shares

काठमाडौं । विशेष महाधिवेशन र नेपाली कांग्रेसको आन्तरिक राजनीतिबारे यतिबेला चौतर्फी चर्चा भइरहेको छ ।

खासगरी कांग्रेस बाहेकका दलका शीर्षदेखि तल्लो तहका नेताहरुले समेत त्यसमा चासो देखाइरहेका छन् । कतिपय नेताहरुले विशेष महाधिवेशन बोलाउने कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति सुभेच्छा प्रकट गरिरहेका छन् भने कतिपयले कटाक्ष गरिरहेका छन् ।

यसैबिच मित्र पार्टीहरुबाट कांग्रेस फुटको बाटोमा नजाओस् भन्ने सुभेच्छा प्रकट गरिरहेका छन् ।

नेकपा एमालेका युवा नेता महेश बर्तौलाले कांग्रेस मिलेर अघि बढ्नु अहिलेको मुल आवश्यक्ता रहेको औल्याएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बर्तौलाले जेनजी आन्दोलनपछि देखिएको जटिल राजनीतिक परिस्थितिका बिच कांग्रेसले आफूलाई सम्हालेर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

‘अहिलेको असामान्य र जटिल राजनीतिक परिस्थितिको अवस्थामा नेपाली काङ्ग्रेसले आफुलाई सम्हालेर अगाडी बढ्नु जरुरी छ । मुलुकका लोकतान्त्रिक संस्थाहरूमाथी सुनियोजित आक्रमण भैरहेको बेलामा काङ्ग्रेस आवेग र उत्तेजनाबाट बाहिर निस्केर फुटेर नभैइ जुटेर अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो । हाम्रो तर्फबाट यहि सुभेच्छा रहेको छ, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?