काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रिया मंगलबार (भोलि) बाट सुरु हुने भएको छ ।
आजबाट सुरु भएको बन्दसत्र आजका लागि सकिए पनि भोलि बिहान पुनः सुरु हुनेछ ।
भोलिबाट नयाँ नेतृत्व चयनका लागि हल समेत बुक भइसकेको प्रचारप्रसार विभागका प्रमुख सुवास पोखरेलले जानकारी दिए ।
‘भोलि निर्वाचनको प्रक्रिया थाल्छौँ । हल पनि बुक भइसकेको छ,’ उनले भने, ‘भोलि केही समिति भंग गर्नुपर्ने हुन्छ । हलले निर्वाचनको प्रक्रिया सुरु हुन्छ ।’
त्यस्तै उनले ६६ प्रतिशत हाराहारीमा महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेको र अझै बढ्ने दाबी गरे ।
त्यस्तै आज महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले राखेको प्रस्तावहरुमाथि छलफल गर्न ९ वटा समूह गठन गरिएको छ । साथै प्रस्तावसहित विभिन्न ४ वटा विषयमा समेत गठित समूहले भोलि निष्कर्षसहित बुझाउने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया