गगन–विश्वसँग वार्ता गर्ने जिम्मा देउवा र खड्कालाई

लोकपथ
2.5k
Shares

काठमाडौं । विशेष महाधिवेशनले संकटको अवस्थामा पुगेको कांग्रेसले एकताका लागि छलफललाई अघि बढाउने भएको छ ।

विशेष महाधिवेशनले आफू नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेसँगै सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरुसँग छलफल गरेका छन् ।

आफ्नो निवास महाराजगञ्जमा छलफल गरेका देउवा पार्टीमा एकता कायम गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सम्वाद गर्न तयार भएका हुन् ।

बैठकपछि बोल्दै बैठकमा सहभागि मीनबहादुर विश्वकर्माले महामन्त्रीहरुसँग संवाद गर्ने जिम्मा सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिइएको बताए ।

‘सभापति र कार्यवाहक सभापतिले सम्बन्धितसँग संवाद गर्ने निष्कर्ष निकालियो,’ उनले भने ।

त्यस्तै कोही पनि पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै आगामी दिनमा पार्टीलाई एकताबद्ध बनाउन सभापतिले छलफल थालेको उनले बताए ।

‘कोही पनि पार्टी विभाजन चाहँदैन । मत मात्रै होइन, पार्टी पनि एक राख्ने गरी सभापतिले छलफल थाल्नु भएको हो,’ उनले भने ।

त्यसो त आज देउवाले बोलाएको बैठकमा कांग्रेस नेता शेखर कोइरालाले समेत सभापति देउवालाई भेटेर पार्टीलाई फुटबाट जोगाउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?