कांग्रेस विशेष महाधिवेशन भोलिसम्म लम्बियाे

लोकपथ
511
Shares

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो ।

विशेष महाधिवेशन आयोजक समितिका अनुसार मंगलबारको बन्दसत्रमा नेतृत्वलगायतका विषयमा निर्णय लिनसक्ने बताइएको छ ।

बन्दसत्रमा आज सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?