काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक संकट टार्नको लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेनजी, नयाँ उदाएका शक्ति र राजनीतिक दलको बिचमा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् ।
उक्त सम्मेलनको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनको भनाई छ । उनले अहिले राष्ट्रिय एकताको खाँचौ औँल्याए । कांग्रेसको नेतृत्वमा सबैलाई लिएर अगाडी बढ्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘सर्वसम्मत, सर्वदलीय जेनजीदेखी लिएर धेरै शक्तिहरू अहिले आएको छ, उनीहरूको गोलमेच सम्मेलन नेपाली कांग्रेसले गर्नुपर्छ । सबैलाई लिएर नेपाली काँग्रेसले नेतृत्व लिएर अगाडी बढ्नुपर्छ । यो महाधिवेशनले आफ्नो विधिविधानअनुसार निर्णय गर्नुपर्छ । त्यो निर्णयलाई काँग्रेसको विधान अनुसार त्यसलाई मान्नुपर्छ । राष्ट्रिय एकताको खाँचो छ ।’
उनले विशेष महाविधेशनले विधानअनुसार निर्णय गर्नुपर्ने बताए । विशेष महाधिवेशनले गरेको निर्णय सबैले मान्नुपर्ने उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया